KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

माओवादी केन्द्रको पक्षमा देशव्यापी नयाँ लहर सुरु भएको छ : प्रचण्ड

माओवादी केन्द्रको पक्षमा देशव्यापी नयाँ लहर सुरु भएको छ : प्रचण्ड

चितवन, १९ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रको पक्षमा ध्रुवीकरणको नयाँ लहर सुरु भएको बताएका छन् ।

नेकपा माओवादी केन्द्र चितवनले गरेको वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई मायाँ गर्ने र परिवर्तनलाई संस्थागत गर्ने अभियानमा ध्रुवीकरणको नयाँ लहर सुरु भएको बताएका हुन् । अध्यक्ष प्रचण्डले अहिले देशभरि माओवादी पार्टी र यसको नेतृत्वको पक्षमा लहर देखिएको उल्लेख गर्दै यसले आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने आधार फराकिलो बन्दै गएको बताए ।

आफूले १८ महिना सरकारमा रहेर नयाँ अभियानको थालनी गरेकाले यसबाट डराएकाहरुले सरकारबाट हटाएको जनताले प्रष्टरुपमा बुझिसकेको उल्लेख गर्दै उनले पार्टीको तर्फबाट पनि यसबीचमा भएका कमजोरीको आत्मसमीक्षा गर्दै रुपान्तरणको थालनी गरिएको बताएका छन ।

अध्यक्ष प्रचण्डले लामो समयदेखि राजनीतिक आन्दोलनमा संलग्न नेताहरुको पार्टी प्रवेश र ध्रुवीकरणले माओवादी केन्द्रलाई बलियो बनाउने मात्र होइन, मुलुकै अग्रगामी रुपान्तरणका लागि महत्वपूर्ण योगदान पुग्ने बताए ।

राजनीति, समाजसेवा, शैक्षिक क्षेत्र, खेलकुद लगायत विभिन्न क्षेत्रमा दशौं योगदान गरेका व्यक्तिहरुको पार्टी प्रवेशले चितवनको राजनीति र बामपंथी आन्दोलनमा गुणात्मक परिवर्तन ल्याउने उनले बताए ।

एकीकृत समाजवादका नेतासहित सयौँ नेता कार्यकर्ता माओवादी केन्द्रमा सो क्रममा अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादीका नेता कृष्णराज न्यौपाने लब्लीको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्र प्रवेश गर्ने सयौं नेता कार्यकर्तालाई स्वागत गरेका थिए । दुईपटक कार्यवाहक जिल्ला अध्यक्ष भएर पार्टी सञ्चालन गरिसकेका पुराना बामपंथी नेता न्यौपाने हाल एकीकृत समाजवादीको बागमती प्रदेश सदस्य रहेका छन् ।

त्यस्तै एकीकृत समाजवादीका चितवन जिल्ला उपाध्यक्ष गंगालाल तामाङ, बागमती प्रदेश सदस्य सुरज तिवारी, केन्द्रीय सल्लाहकार परिषद् सदस्य अरुणपीडित भण्डारी, जिल्ला सदस्यहरु राजेन्द्र कँडेल, किरण श्रेष्ण, ज्ञानबहादुर कुमाल, हरि मिश्र, रामबहादुर रानामगर, बिष्णु लामिछाने, बलराम पीडित, सुदन दराई लगायत विभिन्न तहमा रहेका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

Facebook Comment

Related Posts

कतारको एलएनजी केन्द्रमा विस्फोट, १८ जना बेपत्ता

कतारको एलएनजी केन्द्रमा विस्फोट, १८ जना बेपत्ता

रास्वपामा नामावली सच्याउने चटारो, बन्दसत्र अझै सुरु भएन

रास्वपामा नामावली सच्याउने चटारो, बन्दसत्र अझै सुरु भएन

प्रतिशोध होइन, विकासको राजनीति गर्छौं : बालेन शाह

प्रतिशोध होइन, विकासको राजनीति गर्छौं : बालेन शाह

‘हामी लेफ्ट वा राइट होइनौँ, विकासवादी पार्टी हौँ’ : बालेन शाह

‘हामी लेफ्ट वा राइट होइनौँ, विकासवादी पार्टी हौँ’ : बालेन शाह

बालेनप्रति रविको विश्वास : ‘गोल हान्ने समय अब उहाँको’

बालेनप्रति रविको विश्वास : ‘गोल हान्ने समय अब उहाँको’

संविधान संशोधनमा ध्यान दिन उपेन्द्रको आग्रह

संविधान संशोधनमा ध्यान दिन उपेन्द्रको आग्रह

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar