जनकपुर, १९ माघ । नेपाल प्रहरीका डिएसपी भन्दै ठगी गरेको आरोपमा धनुषाबाट एक युवक पक्राउ परेका छन् ।
सिरहाको लाहान नगरपालिका २० बस्ने ३० वर्षीय दिपक भनिने धनिकलाल साहलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय ढल्केबरले जानकारी दिएको छ ।
उनलाई धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ बाट पक्राउ गरेको प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिनुभएको छ ।
प्रहरी निरीक्षक यादवका अनुसार दिपकले डिएसपी भन्दै ५० हजार रुपैयाँ ठगी गरेको भन्दै जाहेरीको आधारमा पक्राउ गरिएको छ ।
दिपकलाई ठगी कसुरमा धनुषा जिल्ला अदालतबाट म्याद थप लि अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।