काठमाडौं, १८ माघ । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा संघीय संसद्को आगामी निर्वाचन स्थानीय तहको निर्वाचनभन्दा पहिला गर्नपर्ने आवाज उठेको छ ।
शुक्रबार संसद् भवनस्थित ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकमा सांसदहरूले आगामी संघको निर्वाचन स्थानीय तहको निर्वाचनभन्दा पहिला गर्नेगरी आवश्यक व्यवस्था मिलाउन माग गरेको कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताएका छन ।
आज सांसदहरूले बोल्ने क्रम सकिएको तर मन्त्री र पार्टीका पदाधिकारीहरूले बोल्न बाँकी रहेकाले २४ गते पुनः संसदीय दलको बैठक बस्ने उहाँले जानकारी दिएको हो ।