काठमाडौं, १७ माघ । मधेश केन्द्रित आठ दलले आगामी दिनमा सहकार्य मोर्चालाई कसिलो बनाउन कार्यदल गठन गरेको छ ।
जसपा नेपालका प्रवक्ता मनिष सुमनका अनुसार बिहिवार सिंहदरबारमा बसेको बैठकले सबै दलबाट एक एक जना सदस्य रहनेगरी कार्यदल बनाएको छ ।
उनका अनुसार कार्यदलमा जसपाबाट, इस्तियाक राई, जनमतबाट शरद सिंह यादव, जसपा नेपालबाट मनिष सुमन, नागरिक उन्मुक्तिबाट गंगाराम चौधरी, लोसपाबाट लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट केशव झा, जनता प्रगतिशीलबाट शिवजि यादव र तमलोपाबाट ब्रजेस सिंह रहेका छन् ।
कार्यदलले ८ दलीय सहकार्य बनाउने आगामी बैठकको संयोजन गर्ने, दस्तावेज लेख्नेलगायतको काममा केन्द्रित हुने बताए ।
संविधान संशोधन, निर्वाचन ऐन संशोधन लगायतको बिषय सरकारले अघि बढाएपछि समान विचार राख्ने दलहरु एकैठाउँमा आएको बताए ।