काठमाडौं, १७ माघ । मधेश केन्द्रित आठ दलको समिति सदस्यहरुको बैठक विहिवार बस्दैछ ।
सिंहदरबारमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हलमा दिउँसो २ बजे बैठक बोलाइएको जनता समाजवादी पार्टी नेपालका नेताले जानकारी दिए । मोर्चा बनाउने तयारीमा जुटेका मधेश केन्द्रित राजनीतिक दलहरूले यसअघि आठ सदस्यीय कार्यदल बनाउने निर्णय गरेकोे थियो ।
उक्त निर्णयअनुसार आज विहिवारसम्म दलहरुले कार्यदल सदस्यहरुको नाम पठाएको हो । आजको बैठकमा कार्यदलका सदस्य टुंग्याउने र मोर्चाको अवधारणा, एजेन्डा र मोडल तय गर्ने नेताहरुले बताएका छन् ।
जसपा नेपाल, जसपा, जनमत, लोसपा, नागरिक उन्मुक्ति, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता प्रगतीशील पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टीले मोर्चा बनाउने तयारी गरेको हो ।














