काठमाडौ, १६ माघ । काठमाडौंमा प्रजातन्त्र स्थापना, पुनस्र्थापना र विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिनेहरूको सम्झनामा हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाउन्दै छ ।
लैनचौरस्थित सहिद स्मारक पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित सरकारका अरू उच्च पदस्थहरूले सहिदहरूप्रति सम्मान र श्रद्धाभाव प्रकट गरेका छन् । त्यसअघि बिहान शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी गरिएको थियो ।
सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेको थिए । विसं २०६३ अघि सहिद दिवसका दिन राज्यका तर्फबाट सहिदगेटमा विशेष कार्यक्रम गरी दिवस मनाउदै थिए ।
त्यसपछि भने लैनचौरस्थित शहीद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ । सहिदगेटमा पनि विभिन्न संघसंस्थाले कार्यक्रम गरी दिवस मनाउने गरेका छन् ।