काठमाडौं, १५ माघ । मंगलबार जंगी अड्डामा खुकुरी, तरबारसहित पुराना एवं आधुनिक हातहतियार, बम डिस्पोज गर्ने सामग्रीको प्रदर्शनी गरेको हो ।
सेनाले उद्धारको समयमा प्रयोग गर्ने औजार लगायत विभिन्न सामानको प्रदर्शनी गरेको हो । जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधान सेनापति अशोकराज सिग्देल, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल सहभागी थिए ।