काठमाडौँ, १५ माघ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् र संसदीय समितिका बैठकमा पूरा समय उपस्थित हुन सांसदहरूलाई निर्देशन दिएका छन् ।
मंगलबार बानेश्वरमा बसेको एमालेको संसदीय दलको बैठकमा उनले गलत ढंगले कुनै पनि विधेयक पारित नहोस् भन्नका लागि पनि पुरा समय बैठकमा उपस्थित हुनुपर्ने बताए ।
ओलीले संसद्मा भूमिका खेल्न जनताले आफूहरुलाई पठाएको भन्दै झुठा लान्छानाहरुको प्रतिवाद गर्न समेत सांसदहरुलाई निर्देशन दिएका छन ।