जनकपुर, १५ माघ । काठमाडौंबाट धनुषाको जटही आउन लागेको बसमा एकजना यात्री मृत फेला परेको छ ।
मृत फेला पर्नेमा भारतको बिहार मधुबन्नी सिमरीका ५५ वर्षीय जगदीश यादव छन् । काठमाडौंबाट धनुषाको जटही चल्ने मधेश प्र.००४–००१ ख ०१५७ नम्बरको बसमा उनी ढल्केबर पुग्दा मृत फेला परेको हो ।
ढल्केबरमा सिटमै मृत फेला परेपछि बसलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय जनाएको छ । बस नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ । थप जानकारीका लागि अनुसन्धान भइरहेको जनाएको छ ।