जनकपुर, १६ माघ । तराईमा विभिन्न जिल्लामा शीतलहरले चिसो बढेपछि जनजीवन प्रभावित भएको छ ।
चिसोबाट बालबालिकालाई समस्या भएको जानकारी दिए । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले तापक्रम घट्दै गएकाले चिसो थप बढ्ने जनाएको छ । महाशाखाका अनुसार देशका विभिन्न भूभागमा साथै पूर्व र पक्षिम तराई र मधेसका जिल्लामा शितलह्र लागेर चिसो बढेको छ ।
मौसम धुम्मिने, बिहानदेखि लगभग बेलुकासम्मै शीतलहर परेर चिसो बढ्न लगेको छ । चिसोले बिहान आवतजावत गर्ने विद्यार्थी, मजदुर, बालबालिका, गरिब असहाय, ज्येष्ठ नागरिक बढी प्रभावित भएको हो । चाँडै चिसो बढ्न थालेपछि बजार सम्साँझै सुनसान हुन लगेको हो ।
केही सर्वसाधारण स्थानीय यहाँ चिसोले गर्दा दाउरा, गुइँठा, बालेर आगो ताप्न बाध्य भएको होे । चिसोसँगै केही नदेखिने गरी हुस्सु लाग्दा सवारीसाधन चलाउन पनि समस्या भएको सवारीचालकले बताएको हो ।
जिल्ला अस्पतालमा बालबालिका, वृद्धवृद्धा साथै मुटु, दम, फोक्सो, मधुमेह तथा अन्य दीर्घरोगी चिसोले गर्दा बढेका स्वास्थ्यकर्मीको जनाएको छ ।