जनकपुर, १४ माघ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले वैद्यनाथ पासवानलाई चार वर्षका लागि कार्यकारी निर्देशक पदमा नियुक्त गरेको छ ।
विगत दुई वर्षदेखि रिक्त रहेको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धाबाट चारवर्षे कार्यकालका लागि पासवानलाई नियुक्त गरिएको परिषद्ले जनाएको छ ।
परिषद्को ऐनको दफा १७ (१) बमोजिम चार वर्षका लागि पासवानलाई कार्यकारी निर्देशक नियुक्त गरिएको अध्यक्ष शीतल साहले जानकारी दिए ।
पासवान महोत्तरी जिल्ला महोत्तरी गाउँपालिका–१ सनुखरा निवासी हुन् ।