जनकपुर, १३ माघ । धनुषाको विदेह नगरपालिकामा आईतवारदेखि लेखा प्रमुखको जिम्मेवारी रशिलाल दासले सम्हाल्नुभएको छ ।
दासलाई नगरपालिकाले विशेष कार्यक्रमको आयोजना गर्दै औपचारिक स्वागत गरेको छ । नवनियुक्त लेखा प्रमुख रशिलाल दासले कार्यभार सम्हाल्दै नगरपालिकाका सबै कर्मचारीसँग समन्वय गरी उत्कृष्ट कार्य गर्नका लागि प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
उहाँले भने, “हामी सबैको साथ र समन्वयमा कार्य गर्नेछौं, जसले नगरपालिका आन्तरिक रुपमा अझ मजबुत र प्रभावकारी बनोस् ।
यस अवसरमा विदेह नगरपालिकाका नगर प्रमुख बेचन दास, प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र साह र विभिन्न वडाअध्यक्षहरू सहित नगरपालिकाका सम्पूर्ण कर्मचारीहरू उपस्थित रहेको थियो ।
कार्यक्रममा नगरपालिकाका आगामी योजनाहरू र कार्य संचालनमा रशिलाल दासको महत्वपूर्ण भूमिका रहने कुरा पनि चर्चा गरिएको थियो ।