जनकपुर, १३ माघ । धनुषामा एक अज्ञात समूहले एक व्यक्तिलाई निर्घात कुटपिट गरेको छ ।
धनुषाको बिदेह नगरपालिका ९ का निवासी पीडित ओमकार पंडितलाई शनिबार राति ८ बजे बैदेहीबाट दुबही जाने क्रममा अज्ञात समूहले हमला गरेको छ ।
पीडितका अनुसार कुटपिट गर्ने व्यक्तिको मुखमा मास्क लगाएको र चिन्न जसकेको बताए । उनले भने मेरो कसै संग केहि दुस्मनी नरहेको समेत बताए ।
पंडितका दाइ संकर पंडितले भने, “मेरो भाइको औषधि पसल छ र हामीलाई आशंका छ कि यस घटनामा पसलसँग सम्बन्धित कुनै कारण हुन सक्ने बताए ।
ओमकार पंडित बिदेह नगरपालिका २ स्थित इटहर्बा हेल्थ पोष्टमा कार्यरत छन् । घटनापछि स्थानीय प्रहरीलाई सूचित गरिएको छ, र तिनीहरूले अनुसन्धान सुरु गरेका छन् ।
पिडितको उपचार अहिले जनकपुरको राम जानकी होस्पीटलमा भईरहेको छ ।