काठमाडौँ, १३ माघ । भारतको ७६ औँ गणतन्त्र दिवसको प्रधानमन्त्री केपी शर्मा ओलीले समकक्षी नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।
प्रधानमन्त्री ओलीले आज आफ्नो ट्विटर (एक्स)मार्फत मोदी र त्यहाँका जनतालाई गणतन्त्र दिवसको अवसरमा बधाई तथा शुभकामना दिएका छन् ।
भारतले आज ७६ औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाउदैछ भने भारतले यस वर्ष ‘स्वर्णिम भारत–विरासत र विकास’ भन्ने नारासहित गणतन्त्र दिवस मनाइरहेको छ । सो अवसरमा आज भारतले बिहान १० बजेदेखि नै नयाँ दिल्लीस्थित ‘कर्तव्य पथ’ मा राष्ट्रपति द्रौपदी मुर्मूको उपस्थितिमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।