बन्दिपुर, १२ माघ । गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले समाजमा व्याप्त सांस्कृतिक असमानता चिर्न पत्रकारले सशक्त भूमिका खेल्नुपर्ने बताएका छन् ।
तनहुँको बन्दीपुरमा शनिबार राष्ट्रिय दलित पत्रकार संघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै सभामुख धितालले सांस्कृतिक रूपमा देखिएको असमानताले सबैभन्दा बढी दलित समुदाय पीडित रहेको भन्दै पत्रकारले पीडितको पक्षमा कमल चलाउनुपर्ने बताएका छन ।
‘मानव भएर पनि दलित समुदायले मानवीय व्यवहार नपाएको हामीले अनुभूति गरिरहेका छौँ’ उनले भने, ‘कानुनमा जे लेखिए पनि व्यवहार अझै कमजोर भएको छ, यसलाई चिर्न पत्रकारहरूको साझा प्रयत्न अझै बढाउनुपर्छ ।
सभामुख धितालले जनस्तरमा सही र गलत समाचार छुट्टाउन पर्ने अवस्था सिर्जना भएकाले सत्य र विश्लेषण सहितको समाचार सम्प्रेषण गर्ने विषयलाई बढवा दिन आग्रह गरे ।