काठमाडौं, १२ माघ । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले अतिक्रमित सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउने बताएका छन् ।
बुद्धनगर टोल सुधार समितिले शनिबनर आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारले सार्वजनिक जग्गा अतिक्रमण हुन नदिने र भएका पनि फिर्ता ल्याउने बताए ।
सरकारले नीति बनाएको छ । कानून पनि छ । सार्वजनिक जग्गा त सार्वजनिक नै रहनुप¥यो । उपप्रधानमन्त्री सिंहले भने, ’सार्वजनिक जग्गा कसैले अतिक्रमण गरेर राख्यो भने त्यसरि हडपेको जग्गा सरकारले फिर्ता ल्याउँछ ।
ठाउँ ठाउँमा अहिले फिर्ता पनि भइसकेको छ । र उनले सरकारले नागरिकको जीवन र जिविका सहज बनाउन लागिरहेको बताए ।