बैतडी, १२ माघ । बैतडीमा भएको जीप दुर्घटना परी दुई जनाको मृत्यु भएको छ।
सिगास गाउँपालिका–१ माँडौमा शनिबार बिहान जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । सुपप्र ०१००१ च ४०२८ नम्बरको जिप सडकबाट अन्दाजी ५ सय मिटर तल खस्दा सिगास गाउँपालिका–१ इरानाका १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको हो ।
दुर्घटनामा सिगासकै ४० वर्षीय तुलसी धामी, १६ वर्षीया निरा धामी, १८ वर्षीया कमला धामी, र १४ वर्षीया भागरथी धामी घाइते भएका छन भने उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
आज बिहान करिब ५ बजे जिप अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको प्रहरीको भनाइ छ ।