काठमाडौँ, ११ माघ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतासँग माओवादीको सम्बन्ध कमजोर भएको स्वीकारेका छन् ।
शुक्रबार दाङको तुलसीपुर– ८ बटोलपुरस्थित भगवती चौधरीको घरमा आयोजित कार्यक्रममा उनले जुन वर्ग र समुदायको मुद्दा लिएर जनयुद्ध गरेको त्यही वर्गको मुद्दा छाड्दा पार्टी कमजोर भएको स्वीकारेका हुन् ।
जनयुद्धमा जसको मुद्दा लिएर अगाडि बढेका थियौँ अब त्यही वर्ग र समुदायको अगाडि बढाउने सङ्कल्प गरेको अध्यक्ष प्रचण्डले बताए ।
जनयुद्ध र जनआन्दोलनका सहिदलाई यो पटक राष्ट्रिय सहिद घोषणा गरी राजपत्रमा प्रकाशित गरेँ । जनयुद्ध कालमा चौधरीको परिवारले ६ जना सदस्य गुमाएका थिए ।