सप्तरी, ११ माघ । सप्तरीको विष्णुपुर गाउँपालिका—७ को १५ वर्षका किशोरीलाई गाउँ कै एक यूवाले बलात्कार गरेको छ ।
बुधवार विहान ६ बजेतिर साईकल चढेर कलेज तर्फ नजादै गरेकी किशोरीलाई मौका छोपेर सोही पालिकाको वडा नंं १ वस्ने १९ वर्षिय अकलेश कुमार मण्डलले नियन्त्रणमा लिई कोशी नहरको डिलमा पु¥याएर बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रतिकार गर्न खोज्दा मण्डलले ती किशोरीको बायाँ हात समेत टुटाईदिएका छन ।
“कलेज तर्फ जाँदै गर्दा एकान्त ठाउँमा देखेर अचानक मण्डलले मुख थुनेर कोशी नहरको साइफन मुनी पु¥याए, पीडीत किशोरीले प्रहरीलाई भनेकी छन,— ज्यान मार्ने धम्की दिदै जबरजस्ती गरे ।” एकाविहान बाक्लो हुस्सु लागेको र एकान्त स्थल देखेर पहिले देखी नै लुकेर बसेका मण्डलले साइकल रोकेर किशोरीलाई डरत्रास देखाई नहर किनारमा लगी बलात्कार गरेको अनुसन्धानमा खुलेको छ ।
पीडीत किशोरी गाउँबाट करिब ४ किलोमिटर टाढा रहेको सदरमुकाम राजविराज स्थित वल्र्ड भिजन क्याम्पसमा कक्षा ११ मा अध्यनन गदैई थियो । उक्त अपराधमा संलग्न मण्डललाई बुधवार साँझ गाउँबाट पक्राउ गरिएको र विहीवार सप्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार बस्नेतले जानकारी दिए ।