काठमाडौं, ११ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्धको मुद्दामा जिल्ला अदालत रूपन्देहीमा जाहेरवाला पक्षले बहस गरिरहेका छन् ।
बुटवलको सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराध अभियोगको मुद्दामा शुक्रबार बिहान ११ बजेदेखि न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासमा जाहेरवाला पक्षले बहस सुरू गरेको हो ।
अहिले वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बहस गरिरहेका छन् । बिहीबार सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता प्रेमराज पौडेल, उपन्यायाधिवक्ताहरू गोकर्णराज घिमिरे, वसन्त पोखरेल, सुनिल लामिछाने र पवित्रा भण्डारीले बहस गरेका थिए ।
सरकारी वकिलले बहस गर्दा लामिछानेलाई हिरासतमा नपठाएर परिवारको जिम्मा लगाएको भन्दै आपत्ति जनाएका थिए ।