काठमाडौँ, ११ माघ । काठमाडौँको लाजिम्पाटमा व्यवसायी विक्रम लामामाथि आक्रमण गर्ने दुईजनालाई प्रहरीले भारतबाट पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नुवाकोट ककनी–४ का ३३ वर्षीय अजय लामा र गोरखाको आरुघाट–७ का दीपक बरामुलाई पक्राउ गरेको हो । आक्रमणमा संलग्न समूह अजयकै योजना र निर्देशनमा परिचालित भएको खुलेको बताए । उनीहरू आक्रमणपछि झापा पुगेर दुर्गा प्रसाईँको घरमा लुकेको थिए । तर खोज्दै प्रहरी पुगेपछि उनीहरू भने त्यहाँबाट भाग्न सफल भएको थियो । प्रसाईँको घरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको थियो ।
त्यसपछि भारत भागेका दुवै जनालाई प्रहरीले हरियाणाबाट पक्राउ गरिएको जनाएको छ । लाजिम्पाटमा व्यवसायीलाई रड प्रहार ः पूर्वभाउजूले गुण्डा लगाएको प्रहरीको निष्कर्ष थियो । फलामको सक प्रहार गरी व्यवसायी लामालाई गम्भीर घाइते बनाएको आरोपमा उनीहरूसहित ७ जनाविरुद्ध मुद्दा दर्ता भइसकेको छ ।
जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा उनीहरूविरुद्ध मुद्दा दर्ता गरेको हो । ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा उनीहरूलाई १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवानाको माग गरिएको छ । यस्तै पीडितलाई उचित क्षतिपूर्ति भराइदिन पनि अदालत समक्ष माग गरिएको छ ।