जनकपुर, १० माघ । मधेश सरकारले ल्याएको सरकारी कामकाजी भाषासम्बन्धी विधेयक त्रुटीपूर्ण रहेको भन्दै युवाहरुले मुख्यमन्त्री र शिक्षा तथा संस्कृतिमन्त्रीको पुत्ला दहन गरेका छन् ।
मधेश प्रदेश सभामा पेश भएको विधेयकमा मधेसमा बोलिने मातृभाषालाई छोडेर अन्य अन्य भाषाहरूलाई समावेश गरिएको भन्दै युवाहरूले मुख्यमन्त्रीको पुत्ला दहन गरेको छ ।
प्रदेशसभा भवन अगाडी मुख्यमन्त्री सतिशकुमार सिंह र शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीको पुत्ला दहन गरिएको छ ।
मगही भाषाका अभियानी फुलगेन महताका अनुसार विधेयकमा मातृभाषा छुटाएर आयातित भाषाहरूलाई स्थान दिइएको भन्दै आफूहरूले विरोध स्वरुप पुत्ला दहन गरेको बताए ।
शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्माले बुधबार मधेशको कामकाजी भाषासम्बन्धी विधेयक सदनमा पेश गरेकी थिइन् ।