वीरगञ्ज, ९ माघ । स्कुल बसको ठक्करले वीरगञ्जमा मंगलबार एक जना साइकल यात्रुको मृत्यु भएको छ ।
तेजस एकेडेमीको ना५ख १५०४ नम्बरको स्कुल बसको ठक्करले बाराको फेटा गाउँपालिका वडा नम्बर ५ का ४५ वर्षका तैयामोदिन मिया अन्सारीको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका अनुसार उक्त बसले साइकल यात्री अन्सारीलाई वीरगञ्ज महानगरस्थित बाइपासमा ठक्कर दिएको थियो ।
बसको ठक्करले गम्भीर घाइते भएका अन्सारीको उपचारको लागि नारायणी अस्पतालमा पु¥याउने क्रममा बाटोमा नै मृत्यु भएको छ ।
सवारी दुर्घटनामा संलग्न चालक देवा पासवान र बसलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको पर्साका ट्राफिक प्रहरी प्रमुख लोकराज भट्टले बताए ।