काठमाडौं, ८ माघ । महोत्तरीमा एक युवकको शव अर्धनग्न अवस्थामा फेला परेको छ ।
महोत्तरीको सोनमा गाउँपालिका– २ बस्ती छेउमा स्थानीय पूर्वगाविस अध्यक्ष गोकुल यादवका २९ वर्षीय छोरा ज्ञानेन्द्र भनिने ज्ञानु यादव रहेको शव फेला परेको जनाइएक हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक नन्दकुमार चौहानका अनुसार आज बिहान शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको थिए भने घटना र शवको प्रकृति हेर्दा हत्याको आशंका गरिएको छ र घटनास्थलमा तालिम प्राप्त कुकुर टोलीसमेत ल्याएर अनुसन्धान अगाडि बढाएको छ ।