काठमाडौं, ७ माघ । संघीय सरकारले संसदको हिउँदे अधिवेशन माघ १८ गतेदेखि बोलाउने तयारी गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार सभामुख देवराज घिमिरेसँग संसदको हिउँदे अधिवेशन बोलाउनेबारे पराशर्म गरेका हुन् ।
सभामुख घिमिरेसँगको परामर्शमा प्रधानमन्त्री ओलीले संसद भाषणमा होइन कानुन निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिएको सभामुखको सचिवालयले जनाएको छ ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।