सर्लाही, ७ माघ । सर्लाहीमा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।
गोडैता नगरपालिका–४ रोहुवामा बीआर ०५ एच ५७४८ नम्बरको स्कार्पिओले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।
मृत्यु हुनेमा बीआर ३० एए ४७०२ नम्बरको मोटरसाइकलको पछाडि सवार गोडैता नगरपालिका ९ का ४५ वर्षीय देव नारायण पण्डित छन् ।
स्कार्पिओले ठक्कर दिँदा गम्भीर घाइते भएका उनलाई थप उपचारको लागि राति नै राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँ ल्याइएको थियो भने उपचारकै क्रममा उनको मृत्यु भएको जनाइएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि स्कार्पिओ चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाए ।














