रौतहट, ७ माघ । रौतहटको इशनाथ नगरपालिकास्थित नेपाल भारत सीमा क्षेत्रको लतमरीबाट सशस्त्र प्रहरीले गएराति अटोमेटिक पेस्तोल र गोलीसहित एक भारतीयलाई पक्राउ गरेको छ ।
पक्राउ परेका व्यक्ति हतियार तस्कर हुन् वा होइनन् भन्ने अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
लतमरीमा रहेका सुनिल होटलमा खाजा खाइरहेका तीन जनाको गतिविधि शंकास्पद देखिएको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल (एफओबी) मठियाबाट खटिएको टोली राति साढे ८ बजे त्यहाँ पुगेपछि दुई जना भागेका थिए ।
पक्राउ परेका झाले प्रयोग गरेका विआर ०५ बिडी १२२४ नम्बरको मोटरसाइकल बरामद गरेर आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई जिम्मा लगाइने एसपी हुमागाईंले बताए ।