जनकपुर, ४ माघ । जनकपुरधाम १३ पिडारी पछियारी टोल स्थित दिनेश साह तेलीको घरमा बिहिवार राती एक भिषण आगलागी भएको छ ।
आगलागीका कारण घरमा रहेका महत्वपूर्ण सामान र संरचनामा लाखौं रुपैयाँको क्षति भएको छ । आगो नियन्त्रणमा लिन स्थानियले निकै संघर्ष गरे पनि क्षति टार्न सकिएन ।
शुक्रबार मधेश प्रदेश सरकारका ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्री शेष नारायण यादव घटनास्थलमा पुगेर पिडित परिवारसँग भेटघाट गरे ।मन्त्री यादवले आगलागीबाट पीडित परिवारलाई दुःख व्यक्त गर्दै उनीहरुको समस्याबारे जानकारी लिनुभयो । यस क्रममा पिडितसँग समवेदना जनाउँदै मन्त्री यादवले मधेश प्रदेश सरकारबाट तत्काल राहत र सहायताको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यस कार्यक्रममा वडाध्यक्ष जित बहादुर राउत र स्थानिय बासिन्दा पनि उपस्थित थिए । उनीहरूले राहतको व्यवस्थापनका लागि मन्त्रीलाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।