जनकपुर, ४ माघ । जनकपुरमा ट्रकले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पैदल यात्री महोत्तरीको महोत्तरी गाउँपालिका ५ बस्ने वर्ष ६० का सत्यनारायण साह रहेका छन ।
शुक्रवार बिहान जनकपुर उपमहानगरपालिका ७ मा बाटो काट्दै गरेका पैदल यात्री साहलाई ना ६ ख ४५३७ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
साहको घटनास्थलमै मृत्यु भएको प्रहरी जनाएको छ । ट्रक चालक धनुषाको मिथिला नगरपालिका ११ लालगढका ४१ वर्षीय शिव कुमार दमाईलाई प्रहरीले पक्राउ गरेको छ ।