जनकपुर, ३ माघ । बुधवार, धनुषाको विदेह नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी इन्जिनियर दिपेन्द्र साहलाई दिइएको छ ।
यस अवसरमा नगर प्रमुख बेचन दास, उप प्रमुख आशा देवी झा, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू र कार्यालयका सम्पूर्ण कर्मचारीहरूले इन्जिनियर साहलाई भव्य स्वागत गरेका थिए ।
स्वागत समारोहमा नगर प्रमुख बेचन दासले इन्जिनियर साहको नयाँ जिम्मेवारीको महत्त्व र आगामी कार्य योजनाबारे केहि विचार व्यक्त गरे । उनले यस पदमा नयाँ नेतृत्वबाट नगरका विकासात्मक कार्यलाई थप तीव्रता र प्रभावकारी बनाउने आशा व्यक्त गरे ।
यस अघि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी राम सुन्दर साहले सम्हालिरहेका थिए । नयाँ प्रमुख प्रशासकीय अधिकृत इन्जिनियर दिपेन्द्र साहले आफ्नो अनुभव र दक्षतासँगै विदेह नगरको समग्र विकास र प्रशासनलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता जनाएका छन् ।