काठमाडौै, ३ माघ । लागूऔषध कारोबारमा संलग्न दुईजना महिलालाई प्रहरीले धरानबाट पक्राउ गरीको छ ।
धरान उपमहानगरपालिका–१० पुतलीलाइन स्थित कृष्ण नेवारको घरमा डेरा गरी बस्ने दुईजना महिलालाई लागूऔषधसहित पक्राउ गरिएको थियो । नेवारको घरमा लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाको आधारमा छापा मारिएको थियो ।
लागूऔषध कारोबारमा संलग्न २७ वर्षीया मनिका बिक र ३८ वर्षीया रेनुका लिम्बुलाई पक्राउ गरिएको छ । बिकले कोठाको लोबेड माथि सुडकेशमा लुकाइराखेको प्रतिबन्धित लागूऔषध ट्रामाडोल २ हजार ५ सय क्याप्सुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।