काठमाडौं, २ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिसम्बन्धी अध्यादेश आज बुधबार जारी हुने बताएको छ ।
बुधबार बिहान बालुवाटारमा उद्योगी व्यवसायीहरुले अध्यादेशका सम्बन्धमा दिएको धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएको हो । उनले भूमिसम्बन्धी अध्यादेश जारी भएसँगै भूमि सम्बन्धित समस्याहरु समाधान गर्ने उल्लेख गरे।
प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गर्नेहरुले केही विकास गरौँ भन्ने इच्छाशक्ति नदेखाउँदा अहिलेको अवस्था आएको बताए ।
उनले देशको अर्थतन्त्रलाई सम्पूर्ण क्षेत्रमा गतिशिल कसरी बनाउने? भन्ने दिशामा सरकारले सोच्न जरुरी रहेको बताएको छ । उनले अध्यादेशहरु ल्याएसँगै कांग्रेस र एमालेको सरकार चाँडै ढल्दैछ भन्ने जस्ता भ्रम फैल्याइएको बताएको हो । उनले सरकारले सकारात्मक दूरगामी महत्वका नीति निर्माण गरिरहेको बताए।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै प्रधामन्त्री ओलीले देश र जनताको मतलव नहुनेले राम्रा काम हुँदा पनि विरोध मात्रै गराएको हो । प्रधानमन्त्री ओलीले भने, ‘अहिले केही अध्यादेशहरु आएका छ । यी अध्यादेश कसरी आए? एउटा बजार हल्ला छ, काँग्रेस र एमालेका नीति नमिलेर, विचार नमिलेर अब यो छिटै फुट्दैछ,सरकार छिटै ढल्दैछ, गिरिहाल्न आँट्यो यस्ता हल्ला छ ।
सरकार आपसमा बसेर यस्ता सकारात्मक दूरगामी महत्वका नीति निर्माण गर्दैछ । प्रधानमन्त्री ओलीले अहिले रहेको अस्तव्यस्त बनाउने नीतिहरु सच्याउने प्रयासमा सरकार लागेको बताए।