काठमाडौं, २ माघ । काठमाडौंको सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो ।
संसद्का विपक्षी दलहरूको बैठक सिंहदरबारमा सुरु भएको जानकारी गराएको हो । बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी), राप्रपा लगायत दलका नेता समभागी भएका छ । बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल हुने नेताहरूले बताएको छ । तर जसपा नेपाल बैठकमा सहभागी भईन ।
कांग्रेस–एमाले गठबन्धन सरकारले जनप्रिय काम नगरेको विपक्षी दलहरूको आरोप छ । केही दिनअघि माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल भएको थियो ।
त्यस क्रममा उनीहरूले समाजवादी मोर्चालाई सक्रिय बनाउने निर्णय गरेका थिए ।