काठमाडौं, १ माघ । मधेश केन्द्रित राजनीतिक दलहरूको बैठकमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी नेपाल अनुपस्थित भएको छ ।
मंगलबार धुम्बाराहीमा जारी बैठकमा जसपा नेपालका नेताहरु सहभागी भएको छैन । मधेश केन्द्रीत मोर्चा गठन गर्ने प्रयास स्वरुप कार्यदलको पहिलो बैठक आज बोलाइएको थियो ।
बैठकमा मोर्चा निर्माणको खाका, उद्देश्य, र साझा एजेन्डाबारे छलफल गर्ने तय मधेस केन्द्रित दलका नेताहरुले बताएका छन् । बैठकमा जसपा, लोसपा, जनमत, जनप्रगतिशील, राष्ट्रिय मुक्ति मोर्चा, तमलोपा लगायतका दलका नेताहरु सहभागी भएका छन् ।
मधेस केन्द्रित दलका नेताहरु हृदयश त्रिपाठी, रेणु यादव, शरद यादव, डा.शिवजी यादव, केशव झा लगायतका नेता उपस्थित भएका छन । बैठकमा स्वतन्त्र सांसद अमेरशकुमार सिंह पनि सहभागी भएका छन् ।