जनकपुर, १ माघ । मधेश प्रदेशका प्रदेश सभा सदस्य लखन दासले माघे सङ्क्रान्ति पर्वले सामाजिक सद्भाव र एकताको सन्देश प्रवाह गरेको बताएका छन् ।
उनले यस दिनको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि, र सामाजिक एकताको भावना जगाओस् भन्ने कामना गरेका छन् ।
उनले भने–’यो पर्व किसानहरूले नयाँ कृषि सिजनको सुरुवातको रूपमा मनाउँछन् । जाडोयामको अन्त्य र वसन्त ऋतुको आगमनलाई सङ्केत गर्ने यो पर्व सामूहिक खानपान र सांस्कृतिक गतिविधिमा आधारित छ, जसले सामाजिक सद्भाव र एकताको सन्देश प्रवाह गर्दछ ।
माघे सङ्क्रान्ति धार्मिक, ऐतिहासिक, सांस्कृतिक, र प्राकृतिक दृष्टिकोणले महत्त्वपूर्ण पर्व हो । यसले नेपाली समाजको विविधता, परम्परा, र संस्कृतिको झल्को दिनुका साथै, सबै समुदायबिच आपसी सहकार्य र सद्भावको भावना अझ बलियो बनाउने प्रेरणा दिने सांसद दासले उल्लेख गरेका छन् ।
’हरेक नयाँ कामको सुरुवात गर्ने र जीवनका चुनौतीहरूको सामना गर्न ऊर्जा प्रदान गर्ने यस पर्वले नेपालमा विविध संस्कृति र समुदायबिच आपसी सहयोग र भाइचारा अभिवृद्धि गर्नेछ भन्ने विश्वास लिएको छु’ उनले शुभकामना सन्देशमा भनेका छन् ।