जनकपुर, २९ पौंस । वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशक बलराम ठाकुर ३० लाख रुपैयाँ ठगीको आरोपमा पक्राउ परेका छन् ।
सरकारी छाप र दस्तखत किर्ते गरेर रकम हिनामिना गरेको आरोपमा उनलाई ललितपुरको भैंसेपाटीबाट पक्राउ गरिएको हो । उनीसँगै परिषद्का अन्य तीन कर्मचारीहरू पनि यस प्रकरणमा मुछिएका छन् ।
यस ठगी प्रकरणमा महोत्तरीका मुकेश यादवको नाममा किर्ते कागजात तयार गरेर रकम निकालेको बताइएको छ ।
यादवले प्रहरीमा जाहेरी दिएपछि अनुसन्धान सुरु भएको हो ।