काठमाडौँ, २८ पुस । १०१ केजी गाँजासहित मकवानपुरको हेटौँडाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हेटौँडा–१५ मा रहेको रातमाटे प्रहरी चेक चितवनतर्फबाट वीरगञ्ज जाँदै गरेको भारतीय नम्बर प्लेट डीएल १३ सी १५६१ को कारलाई रोकी जाँच गर्दा १०१ किलो गाँजा फेला परेको प्रहरीले जनाएको हो ।
प्रहरीले कार चालक वीरगञ्ज महानगरपालिका–२६ का राजन रारुतलाई पक्राउ गरेको छ ।