काठमाडौँ, पुस २८ । महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस गरेका छन् ।
आज उनले राष्ट्रपति भवन शीतल निवासमा पुगेर आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् । राष्ट्रपति कार्यालयले बडालले संविधानको धारा १५९ बमोजिम प्रतिवेदन पेस गरेको विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
सो अवसरमा महान्यायाधिवक्ता बडालले महान्यायाधिवक्ताको कार्यालयबाट सर्वोच्च अदालतमा बहस र पैरवी तथा प्रतिरक्षा गरिएका मुद्धा, रिट तथा निवेदनहरुको लगत संख्या १४ हजार ७ सय १० रहेकामा ३ हजार ७ सय फछर्र्यौट भएको जानकारी दिएका छन ।