सिन्धुपाल्चोक, २८ पुस । सिन्धुपाल्चोकमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाह्रबिसे नगरपालिका– ४ बस्ने मकवानपुरको थाहा नगरपालिका– ७ पालुङ घर भएका ३३ वर्षीय रामचन्द्र तामाङ रहेको छ । उनको बाह्रबिसे नगरपालिका– ३ खुर्सानीबारीस्थित विद्युत्को तार फेर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।