सप्तरी, २४ पौंस । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का अध्यक्ष उपेन्द्र यादवले हालसम्मको गणतन्त्रको युगमा पनि मधेसी समुदायमाथि भेदभाव र उत्पीडनमा कुनै कमी आएको छैन भनी गम्भीर टिप्पणी गरेका छन् ।
उनले भने, “राजतन्त्रको अन्त्यपछि बहुदलीय व्यवस्था र गणतन्त्रको स्थापना भएको भएता पनि मधेसी समुदायमा भेदभाव, असमानता, शोषण र उत्पीडनका समस्या अझै यथावत छन् ।
यसै सन्दर्भमा उनले भने, “मधेसी, आदिवासी जनजाति, मुस्लिम, थारु, महिला र दलित समुदायलाई अझै पनि राजनैतिक रूपमा पछाडि पार्ने काम भइरहेको छ ।
यादवले समग्र मुलुकको अवस्था सुधार गर्नका लागि समावेशी र समान अवसरको आवश्यकता भएको बताउँदै मुलुकमा वास्तविक परिवर्तनको कमी रहेको कुरा पनि सुनाए ।
जनता समाजवादी पार्टी नेपालको आधारभूत संगठन निर्माण अभियान अन्तर्गत सप्तरीको कंचनरूपमा आयोजित एक अभिमुखीकरण कार्यक्रममा अध्यक्ष उपेन्द्र यादवले मुलुकको पछिल्लो अवस्थामा चिन्ता व्यक्त गरे ।
उनले ३५ वर्षको बहुदलीय व्यवस्थाले मुलुकको अवस्था जर्जर बनाएको कुरा उल्लेख गर्दै, “मधेस आन्दोलनका बेला नागरिकता समस्याको आंशिक समाधान भए पनि अझै मधेसी समुदायमाथि भेदभाव र उत्पीडनका घटनामा कुनै कमी आएको छैन ।
अध्यक्ष यादवले “राजनैतिक दृष्टिकोणबाट अझै मधेसी समुदायलाई बाहिर राख्ने काम भइरहेको छ र यसलाई अन्त्य गर्नका लागि अझै संघर्षको आवश्यकता छ ।