जनकपुर, २३ पौंस । धनुषाको ट्राफिक कार्यालय ढल्केवरले सडक दुर्घटना कम गर्नका लागि नयाँ र रोचक जुक्ती अपनाएको छ ।
ट्राफिक ईन्सपेक्टर हरी बहादुर ओलीको नेतृत्वमा मङ्गलबार ट्राफिक विभागले विशेष रूपमा उखु ढुवानी गर्ने ट्रयाक्टरहरूका लागि एक नयाँ उपाय लागू गरेको हो ।
उखु ढुवानी गर्ने ट्रयाक्टरहरूको गति र दुर्घटनाको सम्भावना नियन्त्रण गर्न ट्राफिक कार्यालयले ट्रयाक्टरको अगाडि र पछाडि विशेष ब्यानर झुण्ड्याउने व्यवस्था गरेको छ ।
यी ब्यानरहरूमा “सवाधान उखुँ बोकेको सवारी “ भन्ने सन्देश लेखिएको छ । यसबाट चालकहरूलाई सजग तुल्याउने प्रयास गरिएको छ, जसले गर्दा दुर्घटना घटाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।
धनुषाको ट्राफिक कार्यालयले यस नयाँ पहललाई सुरक्षा सुधारका लागि प्रभावकारी कदमको रूपमा लिएको छ । यस कदमले भविष्यमा अन्य स्थानमा पनि अपनाउने सम्भावना देखिएको छ ।
यता, धनुषाको लालगढ क्षेत्रमा पनि एक अनौठो सुरक्षाको कदम उठाइएको छ । यहाँ पुर्ब र पश्चिमबाट आउन र जाने गरेको विभिन्न बस र अन्य गाडीहरूको सिसा सफा गर्न दाउरा राखेर आगो जलाउने व्यवस्था गरिएको छ ।यो कदम गाडीका सवारिका लागि पनि सुरक्षाको सुनिश्चितता दिन र सवारी चालकलाई आगो र धुँवाबाट साचो रास्ता देखाउने उद्देश्यले गरिएको हो ।