काठमाडौं, २२ पौस । सरकारले सार्वजनिक यातायात बसको भाडा फेरि बढाएको छ ।
यातायात व्यवस्था विभागका अनुसार सोमवार देखि (२२ पौस)बाट लागु हुने गरी सार्वजनिक यातायातका यात्रुबाहक तथा मालबाहक सवारी साधनको भाडा बढाएको हो । यात्रुबाहक सवारी साधनको सवारी भाडा ३.३० प्रतिशतले बढाइएको छ ।
पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.०५ प्रतिशतले बढाउने निर्णय भएको विभागले जानकारी दियो । यसपटक दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रिय स्तरका सार्वजनिक यातायातका रुटमा सञ्चालन हुने) सार्वजनिक यातायातका सवारीको भाडा समायोजन गरिएको विभागको भनाई छ ।
पछिल्लो सयम ३१ साउन २०८० मा भाडा समायोजन भएपछि सोमवार नयाँ भाडादर तोकिएको हो ।