जनकपुर, २२ पौस । मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
मन्त्रालयका सचिव डा. नम्रता सिंहसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले सामेबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।