काठमाडौं, २१ पौंंस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी ओली नेतृत्वको सरकार आफैँ नांगिँदै गएको आरोप लगाएका छन् ।
जारी केन्द्रीय कमिटी बैठकमा समसामयिक राजनीति परिवेशको ब्रिफिङ गर्दै उनले आफू प्रधानमन्त्री हुँदा सुरू गरेको कामलाई कांग्रेस–एमाले सरकारले पन्छाउँदै लगेको बताए ।
उनले भने, ‘हामीले सुरू गरेका कामहरू ÷ सुशासनको थालनीलाई सरकारले पन्छाउँदै गइरहेको छ ।
सरकार र यसको काम जनताको पक्षमा छैन, जनताहरू खुसी छैन अहिलेको सरकारसँग । केपी ओली सरकार आफैँ नांगिदै गइरहेको छ ।’ उनले भने ।