सप्तरी, १९ पौंस । सप्तरीमा मर्निङ वाकमा निस्केका एक व्यक्तिको गाडीको ठक्करबाट मृत्यु भएको छ ।
सुरुङ्गा नगरपालिका वडा न.३ स्थित कदमाहा–गाईघाट सडक खण्डमा पहिचान खुल्न नसकेको सवारीको ठक्करबाट त्यसै नगरपालिका–३ का ६० वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाका अनुसार शुक्रवार बिहान ४ बजे मर्निङ वाकमा निस्केका नेपालीलाई नम्बर नखुलेको सवारीले ठक्कर दिएको छ ।
ठक्कर दिने सवारीको खोजी कार्य तिर्व रुपमा भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।














