जनकपुर, १९ पौस । धनुषामा विगत ४ दिनदेखि बाक्लो हुस्सु र अत्याधिक चिसोले धनुषामा लगायत तराईको जनजीवन प्रभावित बनेको छ ।
दिनभरी नै लाग्ने हुस्सु र कुहिराका कारण घाम लाग्ने नसकेपछि बढेको चिसोले तराईको जनजीवन कष्टकर बनेको हो । पश्चिमी वायुका कारण साम्य हुन लागेको जाडो दोहोरिएको छ । तराईको जिल्लामा अहिले दैनिक रुपमा बढ्दै गएको जाडोका कारण जनजीवन निकै प्रभावित भएको छ । चिसोवाट वृद्धवृद्धा, बालबालिका र दैनिक मजदूरी गरेर जीविका चलाउने गरेको छ ।
निरन्तरको चिसो, कठ्याङ्ग्रिँदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण वातावरण बिग्रेर मानिस, चौपाया पशु, पक्षी तथा बालीनालीसमेत प्रभावित भएको छ । चिसोकै कारण धनुषाको विभिन्न ठाउँमा लगेको शहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ । जिल्लावासी बाक्लो कुहिरोका कारण यातयातका साधन चढ्न छोडेका छन् ।
चिसोकै कारण जिल्लाको स्वास्थ्य केन्द्र लगायत जिल्ला अस्पतालमा विभिन्न किसिमका बिरामीको सङ्ख्यामा समेत वृद्धि भएको छ ।