जनकपुर, १८ पौस । जनकपुर उपमहानगरपालिकाको कार्यालय भवन करोडौं रुपैयाँको लगानीमा निर्माण भएको भए पनि भवनको लिफ्ट हालसम्म सन्चालनमा ल्याउन सकिएको छैन ।
यसले सेवाग्राहीलाई ठूलो कठिनाइमा पारिरहेको छ । भवनको पाँच तल्ला रहेको भएता पनि तलबाट माथि र माथिबाट तल आउन सेवाग्राहीलाई समस्यामा परेको छ ।
विशेष गरी वृद्धवृद्धाहरुको लागि यो समस्या थप गम्भीर बनिरहेको छ, जसले सामान्यतया सीढी चढ्नमा कठिनाइ महशुस गर्छन् ।
थप समस्याको रूपमा, लिफ्टका स्थानहरू फोहोरले भरिएका छन् र यता मिथिला पेंटिंगको बार्डले छोपिएको देखिन्छ, जसले यस परम्परागत कला र संस्कृति अपमानित गरेको संकेत गर्दछ ।














