काठमाडौं, १८ पौंस । प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घेबीच बिहिवार भेटवार्ता भएको छ ।
पूर्वराष्ट्रपति विक्रमासिङ्घेले प्रधानमन्त्री ओलीलाई बालुवाटार पुगेर भेट गरेका हुन् । भेटमा दुई देशबीचको आपसी सम्बन्ध र परस्पर हितका विविध पक्षमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभा सदस्य एवं वरिष्ठ उद्योगपति विनोद चौधरीसमेत भेटमा सहभागी थिए ।