काठमाडौँ, १८ पौस । काठमाडौंको पिंगलास्थानस्थित होटेलमा मृत भेटिएकी युवतीसँगै बसेका युवक फरार भएका छ ।
काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा मृत फेला परेकी युवतीसँगै बसेका युवक मृतकको मोबाइलसमेत लिएर फरार भएको हो । २२ वर्षीया खड्का बुधबार साँझ पिंगलास्थानस्थित वाग्मती होटेलको ३०८ नम्बर कोठामा मृत फेला परेकी थियो ।
बाहिरबाट कोठा बन्द गरिएको अवस्थामा उनको शव फेला परेको थियो । सुस्मितासँग कोठामा उनका केटा साथी समेत बसेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । मृत्युपछि भने ती युवक चाबी लगाएर भागेको देखिएको प्रहरीले जनाएको छ । मृत फेला परेकी युवतीको कोठामा रेडबुलको बट्टा भेटिएको छ ।
अन्य कुनै खानेकुराहरू नभेटिएकाले घटनाको प्रकृति हेर्दा ती युवतीले रेडबुल पिएको जस्तो देखिएको प्रहरीले जानकारी गराएको हो । फरार युवकको पहिचान भइसकेको र पक्राउ गर्न मात्रै बाँकी रहेको प्रहरीले जनाएको छ ।