काठमाडौं, १६ पौस । प्रतिनिधि सभाको सचिवमा हर्कराज राई नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले राईलाई मंगलबार सचिव नियुक्त गरेका हुन् । सभामुख देवराज घिमिरेले गत आइतबार राष्ट्रपति पौडेलसँग भेट गरी सचिव नियुक्तिका लागि सिफारिस गरेका थिए ।
प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि रिक्त भएको पदमा सभामुख घिमिरेले आफ्नै गृहजिल्ला झापाका राईलाई सिफारिस गरेका थिए ।